बजेटका विषयमा छलफल गर्न काग्रेस पदाधिकारी बैठक बस्दै

२२ असार, काठमाडौँ ।

नेपाली कागे्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । बैठकमा बजेटको तयारी तथा बजेटमा समेट्नु पर्ने कुराहरु बाँरे छलफल हुने काग्रेस केन्द्रीय कार्यालयका सचिव ऋषीकेश तिवारीले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आएका सुझाबहरुलाई बजेटमा कसरी समेट्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने तिवारीले बताए ।

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारकोलागि अमेरिकामा रहेकोले कार्यबाहक सभापति रामचन्द पौडेलले बैठक आव्हान गरेका हुन् । बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रसले जनाएको छ ।