एमाले महाधिवेशनको तेस्रो दिन पनि बन्द सत्र जारी, दुई छुट्टा–छुट्टै प्रतिबेदन पेस हुदै

२२ असार, काठमाडौँ ।

नेकपा एमालेको नवौंँ महाधिवेशन अन्र्तगत तेश्रो दिन आज पनि बन्द सत्र जारी छ । आजको बन्दसत्रमा तिन छुट्टा–छुट्टै प्रतिबेदन पेस हुदै छन् । आजको बन्दसत्रमा लेखा समिति, आर्थिक विभाग र निर्वाचन आयोगको प्रतिबेदन पेस हुने नेता योगेश भट्राइले जानकारी दिए । प्रतिबेदन पेस भैसकेपछि संयुक्त रुपमा हिजो प्रस्तुत भएका र आजका प्रतिबेदनमाथि समुहगत छलफल शुरु हुने एमालले जनाएको छ । समूहगत छलफलका लागि २० वटासम्म समूह बनाउने तयारी भएको जनाइएको छ ।

बन्द शत्रमा प्रतिवेदन पेश भएपछि समूह बिभाजन र छलफलको काम अघि बढ्नेछ । यसअघि शनिवारको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र संगठन बिभाग प्रमुख युवराज ज्ञवालीले बिधान संशोधनको प्रस्ताव पेश गरेका थिए ।खनालले एमालेले नेपाली काँग्रेससंग सहकार्य र प्रतिस्प्रर्धाको नीति अंगिकार गर्ने उल्लेख गरेका थिए । यसअघि  हिजोको बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिबेदन महासचिब इश्वर पोख्रेलको  सांगठनिक र संगठन बिभाग प्रमुख युवराज ज्ञवालीको बिधान संसोधन प्रतिबेदन पेस भएका थिए ।

गएको बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा जारी एमालेको नवौं महाधिवेशनमा करिब २ हजार ४ सय प्रतिनिधि सहभागी भएका छन् ।
असार २५ गते सक्ने भनिएको एमाले महाधिबेशनमा अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधबकुमार नेपालले विद्युतीय मेसिनको विश्वसनियता कम भएको भन्दै त्यसलाई अस्वीकार गरेपछि महाधिबेसन लम्बिने देखिएको छ ।