नेदरल्याण्ड र अर्जेन्टिना सेमीफाइनल प्रवेश, बेल्जीयम र कोष्टारिकाको सपरा अधुरै रह्यो

२२ असार, काठमाडौँ ।
विश्वकप फुटवल अन्र्तगतको आज बिहान भएको क्वाटरफाइनको अन्तिम खेलमा  कोष्टारिकालाई पराजित गर्दै नेदरल्याण्डले सेमीफाइनलको यात्रा तय गरेको छ कोष्टारिकालाई टाइब्रेकरमा पराजित गर्दै नेदरल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । विहान भएको खेलमा अतिरिक्त समयमा मैदान प्रवेश गरेका गोलरक्षक टिम क्रलले दुई वटा पेनाल्टी रोकेपछि नेदरल्याण्डले कोष्टारिकालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्यो ।
निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेरकबाट लिइएको थियो । खेल टाइब्रेकरमा जाने देखिएपछि नेदरल्याण्डले सिल्यासनको स्थानमा टिम क्रललाई मैदान प्रवेश गराएको थियो ।
यसैबिच गएराती भएको क्वाटरफाइनको पहिलो खेलमा अर्जेन्टीना २४ बर्षपछि विश्वकपको सेमीफाइनलको यात्रा तय गर्न सफल भएको छ । खेलको केही मिनेटमानै जोन्जाको गोलको  मद्धतले गएरातीको पहिलो खेलमा उसले  बेल्जीयमलाई पराजित गेले हुईगनले गरेको  १ गोलको मद्धतले सेमिफाइनलको यात्रा तय गरेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि नेदरल्याण्डसँग खेल्नेछ । सेमिफाईनल चरणका खेलहरु बुधबारदेखि सुरु हनेछन् ।