प्रम कोइरालाको थप उपचार आजबाट शुरु गरिने

१३ असार, काठमाडौँ ।

प्रधानमन्त्री सुशिल कोइरालाको फोक्सो्मा क्यान्सर भएको पुष्टी भएपछि आजबाट थप उपचार  गरिने भएको छ ।

कोइरालाको  रेडीयो थेरापीबाट उपचार सुरु गर्न चिकित्सकसँग सल्लाह गर्न लागीएको कोइरालाका निजी चिकित्सक कविरनाथ योगीलाई उद्धित गदौ प्रधानमन्त्रिका प्रेश सल्लाहाकार प्रकाश अधिकाले जानकारी दिए ।

पलाएको मासुलाई पगाल्ने पद्दति रेडियोथेरापी क्यान्सरको शुरुको चरणमा हुँदा गर्ने उपचार विधि भएको चिकित्सकहरुले बताएका छन् । उनको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले क्यान्सर शुरुकै चरणमा रहेको केही दिन उपचार गर्नुपर्ने बताएका छन् । कोइरालालाई थप उपचार गर्न २ साता लाग्ने बताइएको छ ।