अल्जेरीया पहिलो पटक विश्वकपको टप १६ मा प्रवेश, कोरिया बाहिरियो

१३ असार, काठमाडौँ ।
विश्वकप अन्र्तगतको  आज बिहान भएको खेलमा रसियालाई १–१ को बराबरीमा रोकेपछि अफ्रिकी देश अल्जेरिया प्रि क्वाटर फाइनलमा पुगेको छ । अल्जेरिया पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको हो ।

खेलको छैटौं मिनेटमा नै रसियाका एलेक्जेन्डर कोर्कोरिनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।  अल्जेरीयासँग बराबरी खेलेको रसिया भने  प्रतियोगिताबाटै बाहिरिएको छ ।
अल्जेरिया विश्वकपको इतिहासमा प्रि क्वाटर फाइनलमा पुग्ने अफ्रिकी महादेशको छैटौं देश बनेको छ । यो विश्वकपमा अल्जेरियाको साथै नाइजेरियाले अन्तिम १६ मा स्थान बनाएका छन् ।

अर्को चरणको खेल अब भोलिदेखि हुनेछ । त्यस्तै आज बिहानै भएको समूह एचको  खेलमा बेल्जियमले कोरियालाई ० का विरुद्ध १ गोलले पराजित गरेको छ ।

यो जितसँगै  बेल्जियम समूह एचको विजेता बन्दै  अन्तिम १६ मा प्रवेश गरेको छ  भने  एशियाली मुलुक दक्षिण कोरिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।