एमाले स्थायी कमिटीको बैठक बस्दै

१३ असार, काठमाडौँ ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । आसन्न नवौँ महाधिवेशनको मिति अत्यन्तै निकट रहेका बेला नजिकिंदै गरेकाले महाधिवेशनमा केन्द्रीत रहेर बैठक बस्न लागेको केन्द्रिय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

महाधिवेशनको तयारीको बारेमा भइरहेको कामलगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने जनाइएको छ ।

यसअघि  हिजो मुल व्यवस्थापन समितिको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन, विद्युतीय मतदानको विश्वसनियतालगायतका विषयमा एकआपसमा प्रश्न उठाएको जस्ता विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठक केही बेरमा पार्टी मुख्यालय बल्खुमा बस्दैछ ।