सयुक्त मोर्चाको टुङ्गो आज लाग्ने

१२, असार काठमाडौँ ।

सयुक्त मोर्चा बनाउने विषयमा पाँच कम्युनिष्ट पार्टीको बैठक आज बस्ने भएको छ । बैठकले संयुक्त मोर्चाको  आज टुङ्गो लगाउने भएको छ  । मोर्चामा आबद्ध हुने भनिएका एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट पार्टीबीच कार्यगत एकताका लागि आज पनि छलफल हन लागेको कार्यदलका एक सदस्य उपेन्द्र यादवले जानकारी दिए ।

आज अपराह्न्न बस्ने बैठकमा मोर्चाको नाम र नेतृत्वको विषयमा छलफल हुनेछ । यसअघि तयार गरिएको कार्यदलले प्रतिवेदन तयार गरेको र आज त्यसमा छलफल गरेर अन्तिम टुङ्गो लगाइनेछ । एकीकृत माओवादी र नेकपा–माओवादीसहित मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पाटी र नेकपा एकीकृतसहितको मोर्चा बनाउने तयारी छ ।

आज  मोर्चा गठनसँगै सहकार्यको सीमा, क्षेत्र र कार्यक्रमका विषयमा आज छलफल हुने बताइएको छ । समितिले कार्यगत एकताको नाम, यसको नेतृत्व, उद्देश्य र त्यसपछि कसरी काम गर्ने भन्ने प्रतिवेदन तयार पारेको यादवले बताए ।