कोइरालाको फोक्सोमा क्यान्सर, थप उपचारका लागी कोइराला अमेरीकामा केही दिन बस्ने

१२ असार, काठमाडौँ ।

प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको  छ । फोक्सोमा दाग देखिएपछि अमेरिकाको न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गराइरहेका प्रधानमन्त्री कोइरालालाई क्यान्सर भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका हुन् ।

कोईरालाका निजी चिकित्सक करविरनाथ योगीको भनाई उद्धृत गर्दै  राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले विज्ञप्ति निकालेर जानकारी गराएको छ । कोइरालाको रेडियोथेरापी गर्नुपर्ने सुझाव चिकित्सकले दिएका कारण भोलिदेखि थेरापी सुरु हुनेछ ।

दमका कारण कोइरालाको फोक्सोको ठूलो शल्यक्रिया गर्न नमिल्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । कोइराला १० देखि १२ दिनको  आराम र उपचार पछि स्वदेश फर्किन सक्ने पनि उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।