अर्जेन्टीनाद्धारा नाइजेरीया पराजीतभए पनि अर्को चरण प्रवेश, इरान घर फर्कियो

१२ असार, काठमाडौ ।
विश्वकप फुटवल अन्तर्गत गएराती भएको पहिलो खेलमा नाइजेरीया अजेन्टीनासँग ३ २ गोल अन्तरले पराजित भएको छ । नाइजेइरीया पराजीत भएपनि अन्तिम १६ मा भने प्रवेश गरेको छ । नाइजेरीया  समूह एको उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको हो ।

यसै समूहमा बुधबार राती एशियाली देश इरान बोस्निया हर्ज गोभिनासंग पराजित भएपछि अफ्रिकी च्याम्पियन नाइजेरिया अघिल्लो चरण पुगेको हो । एक खेल बराबरी र एक खेलमा जित सहित नाइजेरिया ४ अंक सहित समूह उपविजेता बनेको हो ।

अर्जेन्टिना भने चालु विश्वकपमा समूह चरणका तीनवटै खेल जित्दै समूह विजेता बनेर प्रि क्वार्टर फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा खेलको ४ मिनेटमानै कप्तान लियोनेल मेसीले पहिलो गोलगरेसँगै लिएको अग्रतालाई नाइजेरीयाका कप्तान मुसाले बदलात्मक गोल  १ मिनेटमै गरे सँगै खेल रोमाञ्चक मोडमा प्रवेश गर्यो ।  कप्तान मेस्सीले २ तथा रोजोले एक गोल गरे । नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गरे । प्रतिस्पर्धात्मक खेलको ५० औ मिनेटमा रोजोले निर्णायक गोल गर्दै टीमको जित निश्चित गराए । यो खेलमा २ गोल गरेपछि जारी प्रतियोगितामा मेस्सीको ब्यक्तिगत गोल संख्या ४ पुगेको छ ।

त्यस्तै गएरातीनै सम्पन्न अकर्बो खेलमा बोस्निया हर्ज गोभिनाले इरानलाई ३–१ ले पराजित गरेको छ ।
अघिल्लो खेल नाइजेरियासँग बराबरी खेलेर दोश्रो चरणमा पुग्ने संभावना कायमै राखेको इरान बोस्निया हर्जगोभिनासँग पराजित भएपछि विश्वकपको खेलमा १ अंक जोडेर मात्र घर फर्कियो ।

समूह चरणमा अर्जेन्टिना र नाइजेरियासँगको खेल हारेको विश्वकपमा पहिलो पटक सहभागी टोली बोस्निया हर्जगोभिनाले अन्तिम खेलमा इरानलाई जितेपछि सान्त्वना जितका साथ घर फर्किने भएको छ ।  यो खेलमा भएका ४ गोलसंगै साल्भाडोरको फोण्टे नोभा रंगशालामा जारी विश्वकपका ४ खेलमा भएका गोलको संख्या २१ पुगेको छ ।