मध्यअफ्रिकी हिंसामा मृत्यु हुनेको संख्यामा बृद्धि

११ असार ।

मध्यअफ्रिकी गणतन्त्रमा हालै देखिएको जातीय हिंसामा मृत्यु हुनको संख्या बढीरहेको छ । तीन दिनभित्र करिब ५० व्यक्तिको मृत्यु भएको बिबिसीले जनाएको छ । मध्य बमबारी क्षेत्रमा अस्ति  बन्दुकधारीहरुबाट १७ मुसलमानको हत्या भएपछि उक्त हिंसा फैलिएको हो र उक्त आक्रमण गराएको भनी एन्टी–बालाका नाम दिइएको इसाइ लडाकूमाथि आरोप लगाइएको छ ।

अफ्रिकी युनियनको समूह एमआईएससीएका ती अधिकारीले बमबारी क्षेत्र तथा नजिकका गाउँमा भएका हिंसामा सोमबारदेखि करिब ५० व्यक्तिको मृत्यु भएको बताए । यी अधिकारीले प्राय व्यक्तिमाथि गोली हानिएको वा काटेर मारिएको देखिएको बताए ।

शान्ति कायम गर्न खटिएका अधिकारीहरुले उक्त क्षेत्रमा बदलामा शृङ्खलावद्ध आक्रमण भएको बताए । ती अधिकारीले हिंसा अनियन्त्रित व्यक्ति तथा साना समूहले गराएको र नागरिकहरु क्याथड्रलतर्फ गइरहेको बताए ।