सांस्कृतिक कलाकर्मी सङ्घमा रायमाझी

११  असार, भद्रपुर ।

नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक कलाकर्मी सङ्घ झापाको अध्यक्षमा दीपक रायमाझी चयन भएका छन् । कलाकर्मीहरूको विर्तामोडमा सम्पन्न भेलाले सङ्घको उपाध्यक्षमा लोकचन्द्र श्रेष्ठ, सचिवमा हिमाल सिटौला र कोषाध्यक्षमा सविता रेग्मीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा रोहित गजमेर, निश्चल आचार्य, गङ्गा राई, पदम तामाङ र सोनु ओली रहनुभएको निर्वाचन अधिकृत राजाबाबु थापाले जानकारी गराए । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापाले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक सक्षम कलाकारले राष्ट्रको गौरव विश्वमा पुर्याउन सक्ने भएकाले गाउँगाउँमा लुकेका प्रतिभा खोज्न सङ्घ अग्रसर हुनुपर्ने बताए ।

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घका केन्द्रीय अध्यक्ष डिवी गुरुङले कलाकारहरूले सामाजिक काममा पनि सक्रिय हुनुपर्छ भनेर सङ्घले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए ।