निगमको एमएच ६०जहाजले थाल्यो व्यबसायिक उडान

११  असार, काठमाडौँ ।

नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको करिव साडे २ महिना पछि एमएम ६० जहाजको व्यावसायिक उडान सुरु गरेको छ । निगमले विहान आफ्नो पहिलाृो उठान २६ यात्रु  सहित काठमाडौँ विराटनगरका लागी भरेको हशोृ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको र आजबाट प्रक्रियागत तरीकाले उडान थाल्ने जनाएको छ ।

निगमले आज लागि काठमाडौँ–विराटनगर, विराटनगर–काठमाडौँको उडान तालिका तय गरेको छ ।  निगमले विराटनगरका लागि रु तीन हजार ५०५ एकतर्फी भाडादर तय गरेको छ । निगमले  पहिलो चरणमा हप्तामा १५ उडान गर्नेछ । जहाजमा २६ यात्रु र चिनियाँ क्याप्टेन वाङ क्युउ, नेपाली क्याप्टेन एन के गुप्ता सहित चालक दलका ८ सदस्य रहेका थिए । विराटनगरबाट भने बिहान ११ बजे ३२ जना यात्रु लिएर जहाज काठमाडौं आएको छ ।

जहाजको सिट क्षमता ५६ जनाको छ । विराटनगरका लागि ३ हजार ५०५ एकतर्फी भाडादर तय गरिएकोछ । अति व्यस्त हुने स्थानअन्तर्गत पहिलो चरणमा विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा दिने निगमले जनाएको छ ।

निगमले तय गरेको भाडा दर अन्य सेवा प्रदायक विमान कम्पनीको तुलनामा सस्तो छ । पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत बुधबारबाट व्यावसायिक उडान सुरु गरिने र विस्तारै थप गर्दै लैजाने निगमको योजना छ ।

जहाज आएको लामो समय हुँदासम्म उडान हुन नसकेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो लिएको थियो । आयोगले दिएको निर्देशनअनुसार प्राधिकरण र निगमका उच्च अधिकारीले असार १५ गतेभित्र उडान सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए ।