संस्कृतिविद् जोशी सम्मानित

७ असार, काठमाडौँ,  ।
संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । लामो समय देखि कलाकारीता र संस्कृतिका क्षेत्रमा अमुल्लय योगदान दिएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार जोशीलाई सम्मान गरेको संस्थाका अध्यक्ष गोविन्द गिरीले जानकारी दिए ।

संस्थाको छैटौँ  साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा आयोजित कार्यक्रममा संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले जोशीलाई सम्मान गर्दै विविध संस्कृतिले युक्त नेपालमा सबै जाति समुदायका फरक भेषभूषा तथा संस्कृतिलाई सम्बोधन हुने गरी संविधान निर्माण गरिने बताएकी थिइन्  ।

सम्मानित भएपछि संस्कृतिविद् जोशीले स्थानीय लोक संस्कृतिको संरक्षणबिना मुलुकको सर्वाङ्गीण विकास हुन नसक्ने भन्दै संस्कृतिको क्षेत्रमा भएका शोषणलाई अन्त्य नगरी देश तथा जनताको स्वतन्त्रता सम्भव नरहेको बताए  ।

सो संस्थाको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष गिरीले बताए ।