युक्रेनद्वारा एक हप्ताका लागि एकतर्फि युद्ध बिराम घोषणा

७ असार  ।
युक्रेनले रुस समर्थक पृथकतावादीसंग वार्ता गर्न एक हप्ताका लागि एकतर्फि युद्ध बिराम घोषणा गरेको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशमले देशको पूर्वि क्षेत्रमा लाडिरहेका रुसि पृथकताबादीलाई वार्तामार्फत युद्ध रोकेर समस्या समाधान गर्न आग्रह गर्दै युद्धबिरामको घोषणा गर्नुभएको हो ।
पेट्रोले बिद्रोहीहरुलाई हतियार नबिसाए परिणाम भयावह हुनसक्ने संकेत गर्नुभएको छ । उहाँले युद्ध बिरामका दौरानमा सेनामाथि हुने आक्रमणमा भने चुप नबस्ने पनि स्पष्ट पार्नुभयो ।

विद्रोहीहरुले कब्जामा लिएका केही क्षेत्रको भ्रमण गरेपछि उहाँले विद्रोहीहरुलाई बार्ताका लागि आह्वान गर्नुभएको हो ।
पेट्रोले युक्रेनको भूमि बचाउन आफुहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको समेत बताउनुभएको छ ।