चट्याङ् लागेर ३ जनाको मृत्यु

७ असार, काठमाडौँ ।

अविरल बर्षा सँगै परेको चट्याङ्का कारण ३ जनाको मृत्यु भएको छ ।

गएराती परेको चट्याङका कारण बाराका रामजी साह, जितेन्द्र शाह र छनियादेवी शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामजी र जितेन्द्रको आँप टिप्न बारीमा गएका बेला बोटमा लागेके चट्याच्का कारण मृत्यु भएको हो ।

त्यस्तै छनियादेवीको घरमा परेको चट्याच्ले मृत्यु भएको हो ।