लघु जलविद्युत निर्माण

७ असार, काठमाडौँ ।

केन्द्रीय विद्युतीकरणका लागि पोल गाडिएको तीन वर्ष बित्न लाग्दासमेत बिजुली नबलेपछि इलामको पश्चिमी फूएँतप्पाका स्थानीय बासिन्दाले लघु जलविद्युत निर्माण गर्न थालेका छन् ।

फूएँतप्पा गाविस–१, २, ३ र ४ का १६० उपभोक्ताले आफ्नै लगानीमा जलविद्युत निर्माण गर्न थालेका हुन् । गाउँलेको सक्रियतामा विद्युत आयोजना सम्पन्न गर्न लागेको निर्माण समितिका अध्यक्ष नेत्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३५ लाख अनुदान, २० लाख बराबरको श्रमदान, प्रत्येक घरधुरीबाट २१ हजारका दरले करिब ३० लाख सङ्कलन गरी ८६ लाख ५० हजारको लागतमा १८ किलोवाट क्षमताको आयोजना निर्माण हुन लागेको हो ।