घाँटीमा खुकुरी राखेर पाँच लाख चोरी

७ असार, काठमाडौँ ।

भक्तपुरको सिरुटार गाविस–२ गाविस भवन नजिकै एकघरमा हतियारसहित पसेको समूहले पाँच लाख ५० हजार बराबरको धनमाल चोरी गरेको छ ।

श्रीमान् विदेश रहेका प्रगति थापाको एकतले घरको छतबाट राति करिब १ बजे घरभित्र प्रवेश गरेका तीनजनाको समूहले १२ वर्षीया छोरीसँगै सुतेकी थापाको घाँटीमा खुकुरी राखेर धनमाल लुटेका हुन् ।

खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, ४५ हजार नगद, ल्यापटप एक थान, ट्यावलेट एक थान र मोबाइल दुई थान लुटेर लगेको स्थानीय बासिन्दा शशीजङ्ग थापाले जानकारी दिनुभयो ।