डेढ साता देखि दुई बालक बेपत्ता

७ असार, काठमाडौँ ।
गोरखा आरुचनौटेका दुई बालक १० दिनदेखि सम्पर्क विहिन भएका छन् ।

आरुचनौटे गाविस सिद्धदेवि उमाविमा कक्षमा ६ मा अध्ययन गर्ने १३ वर्षिय रोशन राना र नेप्लिज एडभान्स बोर्डिङमा कक्षा ५ मा अध्ययन गर्ने १२ वर्षिय विपिन रोका जेठ २९ गतेदेखि हराएका हुन् घरबाट विद्यालय जान निस्किएका उनीहरु त्यस दिन देखि नै विद्यालय गएका छैनन् ।
रोकाले सेतो सर्ट र खैरो पाईन्ट र रानाले आकाशे रंङको सर्ट र निलो पाईन्ट लगाएको सिद्धदेवि उच्च माविका शिक्षक अशोक रानाले जानकारी दिनुभयो ।
दश दिन सम्म छोरा घर नफर्के पछि इलाका प्रहरी कार्यालय आरुघाटलाई खोजि गर्न निवेदन दिएको विपिनका बाबु शेर बहादुर रोकाले जानकारी दिनुभयो ।