असार ६, नवलपरासी– लामो समयको खडेरीसगैं नवलपरासी सहित देशैभरका जिल्लाहरुको विभिन्न ठाउंमा धानको विउमा पछिल्लो समय डढेलोको समस्या देखिएको छ । यतिखेरसम्म धानको विउ राख्ने समयहुदापनि किसानहरुले धानको विउ राख्न नपाउदा समस्या भएको छ । रोपाइको समय सुरु हुने दिन आउन पनि केही समय वाकी रहदा यस्तो समस्या उत्पन्न भएको हो । भएको विउमा पनि डढुवा रोग लागेर विउ मर्न थालेको छ । लामो खडेरी र पानी नपरेकै कारण जमिन तात्न गई विउ डढ्न गएको कृषि विशेषज्ञहरुले वताएका छन । नवलपरासीका केहि ठाउंमा विउमा डढेलोको समस्या देखिएको छ भने कतै विउ नै नउम्रदा आफुहरुले २/३ पटक सम्म विउ राख्ने समस्यामा परेको कावासोतीका दुर्गा पौडेलले वताउनु भएको छ । अघिल्लो वर्षहरुमा यो समयमा रोपाई सुरु भएको भएपनि अहिले भने विउ समयमा नहुदा रोपाइमा समेत ढिला हुने किसानहरुले वताउदै आएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
