उप निर्वाचनका लागि मौन अवधि सुरु

असार ६, काठमाडौ–संविधानसभा उपनिर्वाचनका लागि आजबाट मौन अवधि सुरु भएको छ । यहि असार ८ गते आइतबार हुने उप निर्वाचनकालागि गएराति १२ बजे देखि प्रचार प्रसार रोकिएको हो । अब उम्मेदवारले प्रचार प्रसारकालागि घरदैलो, सभा सम्मेलन कुनैपनि गर्न पाउने छैनन् । आइतबार देशका ४ वटा निर्वाचन क्षेत्रमा उप निर्वाचन हुदौ छ । काठमाडौ क्षेत्र नम्बर २ मा एमाले बरिष्ठ नेता माधबकुमार नेपालले, चितवन ४ मा नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री सुशील कोइरालाले, बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेब गौतम र कैलाली क्षेत्र नम्बर ६ मा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले छाडेपछि ती क्षेत्रहरुमा निर्वाचन हुन लागेको हो । ४ वटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका बीचमा त्रीपक्षिय प्रतिस्पर्धा हुने छ । सवै क्षेत्रमा विद्युतिय मेसिनबाट मतदान हुने भएकाले नतिजापनि सोही दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । यसैबिच, नेकपा–माओवादीसहित ३३ दलीय राष्ट्रिय मोर्चाले आज गर्ने भनिएको चार जिल्लाका उपनिर्वाचन क्षेत्र बन्द कार्यक्रम फिर्ता लिएको छ । मोर्चाका संयोजक देवप्रसाद गुरुङद्वारा आज जारी विज्ञप्तिमा बन्दको स्वरुप परिवर्तन गरी उपनिर्वाचनको विरोधलगायत अन्य सबै कार्यक्रम जारी राख्ने निर्णय गरिएको उल्लेख छ ।