संविधानसभा वैठकमा आज पनि शासकीय स्वरुपका बिषयमा छलफल हुने

असार ६, काठमाडौ– संविधानसभाको वैठक आजपनि राज्यको शासकीय स्वरुप बारे छलफल हुने भएको छ । संविधानसभा भवन नया बानेश्वरमा विहान ११ बजेपछि बस्ने बैठकमा नया संविधानमा शासकीय स्वरुप कस्तो हुने भन्ने विषयमा सभासद्हरुले धारणा राख्ने छन् । संविधानसभामा दलिय ह्वीप नलागेपनि सभासद्हरुले पार्टीका घोषणा पत्रमा भएको विषयमै धारणा राख्दै आएका छन् । जसले गर्दा दलहरुका बिचमा सासकिय स्वरुपका विषयमा एक मत हुन सकेको छैन् । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय पद्दतिको पक्षमा छ भने एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा छ । एकीकृत माओवादी भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएको छ । संविधानसभामा रहेका साना दलहरु पनि सासकिय स्वरुपका विषयमा विभाजित छन् ।