पहिरोले घर भत्किादा गुल्मीमा एकै परिवारका ९ जनाको मृत्यु

असार ६, गुल्मी –पहिरोले घर भत्कीादा गुल्मीमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । बर्षासंगै आएको पहिराले अग्लुङ गाविस वडा नम्बर ८ नेपानेका भविलाल कुावरको घर भत्किादा भविलालको परिवारका ९ जनाको मृत्यु भएको हो । गयराती आएको पहिरोमा परी मृत्यु हुनेमा भविलल कुावरसहित उनकी श्रीमती चेती कुावर, बुहारी सिता कुावर, नाति चेतमान कुावर, नातिनीहरु विन्दु कुावर, भिमा कुावर, हरिकला कुावर, बिन्दु कुावर र जुठी विष्टको मृत्यु भएको हो । झुठी माईतिमा आएका बेला पहिरोमा परेकी हुन् । राती नै पहिरोमा पुरिएको भए पनि बिहानमात्र प्रहरीलाई खबर प्राप्त भएको र त्यसपछि मृतकहरुको शव बाहिर निकालिएको बताईएको छ । यसैबिच, उत्तरी प्यूठानमा वाढी सहित आएको पहिरोमा परि ३ जनाको मृत्यू भएको छ । एकजना बेपत्ता र एकजना घाईते भएका छन् । पहिरोले ३ वटा घर पुरीएका छन् । खुङ गाविसको वडा नं–८ मा गएराति १२ बजेपछि आएको वाढी सहितको पहिरोमा परि २१ बर्षिया आयुसा गिरी, दश महिनाका आशिष गिरी र ५४ बर्षिया देवा भण्डारीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख दिपक रेग्मीले जानकारी दिनुभयो । घटना भए लगत्तै एक जनाको शव फेला परेकोमा बिहान ७ बजे सम्ममा थप दुई जनाको शव फेला परेको थियो । वेपत्ता एकजनाको खोजिकार्य जारी राखिएको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका आयुसा र आषिस प्रेमलाल गिरीका छोरा छोरी भएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुमुम्वाङ्ग अवलोकन र राहात सामाग्रि सहित घटनास्थल तर्फ जानु भएको छ । घटना स्थलमा पुग्नको लागि ३ घण्टाको सवारी यातायात थप र एक घण्टा जति हिडनुपर्ने भएकाले समय लाग्ने प्रजिअ कुमुम्वाङ्गले जानकारी दिनु भयो ।