महिला हिंसाका ३१ घटनामा १० जनाको हत्या

असार ५, काठमाडौ– नेपालमा जेठ महिना भरी महिला हिंसाका ३१ घटना भएका छन । यि मध्ये १० जनाको हत्या भएको तथ्य देखिएको छ ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले जेठ महिनाभर गरेको सञ्चार अनुगमनको परिणम अनुसार १० महिलाको हत्या भएको छ । त्यस्तै बलात्कार र बेचबिखनमा छ/छ महिला परेका छन । प्रतिष्ठानका अनुसार हत्या प्रयासमा चार महिला, घरेलु हिंसा, बन्धक, घाइते, बोक्सीको आरोप तथा यौन दुव्र्यवहारमा एक/एक जना महिला परेका छन् ।
अनुगमनका लागि सञ्चार प्रतिष्ठानले गोरखापत्र, कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारलाइ आधार मानेको थियो ।