वीरगन्जमा सर्पदंशको सख्या वढ्यो

असार ३, वीरगन्ज –गर्मी वढ्दै जादा वीरगन्जमा सर्पदंश लगायतका अन्य बिरामीको चाप बढेको छ । अति गर्मीका कारण विषालु सर्पहरु बाहिर आउने भएकाले  यसको दंशबाट प्रभावित हुने बिरामीको सङ्ख्या बढेको नारायणी अस्पताल वीरगन्जले बताएको छ । अस्पतालमा अहिले सर्पदंशका पाच जनासम्म बिरामी आउने गरेको छन । अन्य रोगी बिरामीको पनि सङ्ख्या बढेको नारायणी अस्पतालका प्रमुख चिकित्सक रामशङ्कर ठाकुरले बताउनुभयो ।
करेत, गोमनलगायतका सर्पहरुको बिगबिगी तराईका जिल्लाहरुमा बढेको र नारायणी अस्पताल वीरगन्जसहित यस आसपासका बिरामीहरु उपचारका लागि आउने भएका कारण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका चिकित्सकले बताएका छन् । यसैगरी निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ ।