संविधानसभाको वैठमा शासकीय स्वरुप वारे छलफल

असार ३, काठमाडौ–संविधानसभा वैठका सभा भवन नया वानेश्वरमा आज पनि वस्दैछ । तत्कालीन शासकीय स्वरुपको प्रतिवेदनमाथिको छलफल आज पनि जारी रहनेछ । समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमति र असहमतिका विषयको छलफल जारी रहने भएको हो ।
यसअघि कांग्रेस, एमाले र एनेकपा माओवादीसहित सबै दलका नेताहरुले घोषणापत्र अनुसार आ आफ्नो धारणा राखेका छन् । यसैबीच व्यवस्थापिका संसद्को बैठकमा आजपनि पूर्व बजेट छलफल हुनेछ । दिउसो बोलाइएको बैठकमा पूर्वबजेट छलफलमा बाकी रहेका सभासदहरुले आ आफ्नो धारणा राख्नेछन् ।