साझेदार दलहरुबीचको समन्वय कायम रहने विश्वास – प्रधानमन्त्री

असार ३, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाको छातीमा दाग देखिए पछि  स्वास्थ्य उपचारका लागि सोमवार राती अमेरिका प्रस्थान गर्नुभएको छ । उहाको स्वास्थ्य जाच विहीबार हुदैछ ।

अमेरिका जानु अघि प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश दिदै निश्चिन्त रहन आग्रह गर्नु भएको छ । आफ्नो स्वास्थ्य जाच अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सक रहेको सुविधा सम्पन्न अस्पतालमा हुने सन्देशमा वाताउनु भएकोछ ।

उपचारका क्रममामा हप्ता दश दिनको समय लागेपनि यसबीचमा राज्य सञ्चालनमा सरकारका साझेदार दलहरुबीचमा रही आएको उच्च स्तरको समन्वय कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाका साथमा उहाका निजी चिकित्सक करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षाकर्मी कर्णेल प्रकाश देउजा जानुभएको छ ।