सुकुम्वासी आयोग गठन छिट्टै गठन हुने– मन्त्री राना

असार १, रुपन्देही–असार भित्र केन्द्रीय सुकुम्वासी आयोग गठन हुने नेपाल सरकारका भुमि सुधार मन्त्री दल बहादुर रानाले बताउनु भएको छ । रानाले अर्थ मन्त्रालयलका कारण आयोग गठनमा ढिलाई भएको बताउनु भएको छ । शनिवार नेपाल भूमिहिन तथा सुकुम्वासी संगठन रुपन्देहीले आयोजना गरेको वुटवलमा गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रीरानाले सो कुरा बताउनु भएको हो । मन्त्रीरानाले अर्थ मन्त्रालयमा पठाएको फाईल मन्त्रालयमा दुई महिना सम्म रोकिदा  आयोग गठनमा सम्स्या देखिएको बताउदै अब फाईल अर्थवाट कानुन मन्त्रालय हुदै मन्त्री परिषदको क्याविनेटमा जाने र आयोग गठन हुने बताउनु भयो । मन्त्रीरानाका अनुसार असारमा केन्द्रीय आयोग र भदौमा ७२ जिल्लामा जिल्ला आयोग गठन गर्ने र सो आयोग दुई वर्ष सम्मका लागि अधिकार सम्पन्न् रहने गरि आयोग गठन प्रक्रिया अघिबढेको मन्त्रीरानाले बताउनु भयो ।