विश्वकप फुटबलमा एसियाली मुलुक जापान पराजित

असार १, काठमाडौ– विश्वकप फुटबलमा एसियाली मुलुक जापान पराजित भएको छ । केही बेर अगाडि सम्पन्न खेलमा आइभरी कोष्टसग २–१ गोल अन्तरले पराजित भएको हो । जापानी खेलाडी होन्डाले पहिलो हाफको १६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर आइभरी कोष्टका विलफ्रेड बोनीले ६३ औ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसको २ मिनेट पछिनै आइभरी कोष्टले अग्रता लिन सफल भयो । आइभरी कोष्टका गिरभिनोले गोल गरेका थिए । त्यसपछि कुनै गोल भएन र आइभरी कोष्ट २–१ गोल अन्तरले विजयी भयो । यस्तै आज विहान भएको खेलमा इटलीले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिष्प्रधात्मक खेलको ३५ औ मिनेटमा इटलीलका मार्चिसोले गोल गर्दै अग्रता दिलाएका थिए । तर इटलीले अग्रता भने २ मिनेट जोगाउन सकेन् । ३७ औ मिनेटमा इङल्याण्डका स्टुरेजले गोल फर्काएका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५० औ मिनेटमा मारियो बालाटोलीले निर्णायक गोल गरेपछि इटलीको जित निश्चित भएको हो । यसैगरी कोष्टारिकाले उरुग्वेलाई ३– १ गोल अन्तरले पराजित गरेको छ । २४ औ मिनेटमा उरुग्वेले पेनाल्टी मार्फत गोल गरेको थियो । काभानीले २४ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएपनि उरुग्वे दोस्रो हाफमा समालिन नसक्दा थप तीन गोल खान पुगेको थियो । कोष्टारिकाकालागि दोस्रो हाफको ५४ औा मिनेटमा कामबेलले बराबरी गोल गरेका थिए । त्ययसको तीन मिनेटपछि डुरेटले गोल गर्दै कोष्टारिकालाई २–१ ले अगाडि बढाएका थिए । ८४ औ मिनेटमा उरेनाले थप एक गोल गर्दै कोष्टारिकाको जित सुनिश्चित गरे । यस्तै गएरातिको खेलमा कोलम्बीयाले ग्रिसलाई ३–० ले पराजि गरेको थियो । कोलम्बियाका पाब्लो अरमेरोले छैटौ मिनेटमा अग्रता दिलाएका थिए । गुटरेजले ५८ तथा रोडरिजले ९० औ मिनेटमा गोल गर्दै सहज जित दिलाए । कोलम्बियाले विश्वकपमा खेलेका १४ खेल मध्य ग्रिस माथिको बिजयी सबभन्दै उत्कृष्ट रहेको विबिसीले जनाएको छ । यसैबीच विश्व कप फुटबल अन्र्तगत आज ३ वटा खेल हुने छन् । राति पौने १० बजे सुरुहुने खेलमा स्वट्जरल्याण्ड र इक्वेडर विच प्रतिष्प्रधा हुने छ । यसैगरी राति पौने १ बजे फ्रान्स र होन्डुरस आमने सामने हुनेछन् । अर्जेन्टिनाले बोस्नीय हर्ज गोवियनासग विहान पौने ४ बजे प्रतिष्प्रधा गर्ने छ । बोस्नीयको यो पहिलो विश्वकप फुटबल हो ।