राजधानीमा गुञ्जिए जीवनका प्रगतीशील गीत

असार १, काठमाडौ– लामो समय देखि गीत संगित मार्फत बाट  समाज सुधारका लागि जीवन शर्मा अगाडी वढिरहेका छन । उनको विशेष अभिरुचि पनि भएको वताउछन । जनगायक जीवनले राजधानीमा शनिबार जनपक्षिय गीत गाए ।

जमलस्थित राष्ट्रिय नाचघरमा उनले सिमली छाँयामा बसि…, झरनाको चिसो पानी…, फोकल्यान्डको टापुबाट…, सागर भेट्न…, आकशमा बादलु छैन…, लगायत एक दर्जन भन्दा बढि गीत सुनाए । प्रगतीशील गीतले समाज परिवर्तनमा ठुलो सहयोग पुराउने उनले वताए । तर पछिल्लो समय यसको आर्कषण घट्दै गएको गुनासो जीवनले गरे । रक्तिम सांस्कृतिक अभियान काठमाडौ जिल्ला समीतिले गरेको कार्यक्रममा उनले परिकल्पना गरेको भ्रष्टाचारविरुद्धको नाटक ‘कालो धन’ समेत मञ्चन गरिएको थियो ।