प्रजातन्त्रबादी नेतृ आंङसाङ सुकी काठमाडौमा

जेठ ३०, काठमाडौ–म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आंङसाङ सुकी काठमाडौ आउनु भएको छ । सरकारका तर्फबाट बन तथा भू संरक्षणमन्त्री महेश आचार्यले त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।
बिपी चिन्तन प्रतिष्ठानले शनिबार आयोजन गर्ने कार्यक्रममा सहभागी हुन सुकी नेपाल आएकी हुन । उनले समाजवादी लोकतन्त्रको सान्दिभिर्कता  विषयमा प्रबचन दिने कार्यक्रम रहेकोछ ।
उनलाई राजधानीको होटेल हायात रिजेन्सीमा राखिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेकोछ ।