झाडापखालाको प्रकोपमा वृद्धि

जेठ ३०, हेटौडा–प्रदूषित पानीका कारण मकवानपुर जिल्लाको विभिन्न गाविस र हेटौडा नगरपालिकाका वस्तीमा झाडापखाला रोगको प्रकोप फैलिएको हेटौडा अस्पतालले जनाएको छ ।
झाडापखाला प्रकोपबाट पीडित भई हेटौडा अस्पतालमा गएरातिदेखि अहिलेसम्म ५५/६० जना बिरामी उपचारका लागि आएका छन् । झाडापखालाबाट प्रभावित मध्ये शिशु, बालबालिका, वृद्धा बढी प्रभावित रहेको सो अस्पतालबाट थाहा भएको छ ।
हेटौडा नगरपालिका क्षेत्रमा पिउने पानी प्रदूिषत भएकोले झाडापखाला रोगको बिरामी तीव्ररुपमा बढ्न गएको हेटौाडा अस्पतालका चिकित्सक हरिबहादुर खड्काले राससलाई बताउनुभयो ।