ब्राजिलको विजयी सुरुवात

जेठ ३०, काठमाडौ–  विश्वकप फुटबलमा आयोजक राष्ट्र ब्राजिलले विजयी सुरुवात गरेको छ । आज विहान सकिएको खेलमा क्रोएसियालाई तीन एक गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो । ब्राजिलकालागि स्ट्राइकर नेयमारले २ तथा ओस्कारले एक गोल गरेका थिए । सुरुमै ब्राजिलले क्रोएसियालाई एक गोल आत्मघाती गर्दै उपहार दिएको थियो । ११ औ मिनेटमा ब्राजिलका मार्सेलोले बललाई किलियर गर्न नसक्दा आत्मघाति गोल भएको थियो । २९ औ मिनेटमा डिबक्स बाहिरबाट नेमारले प्रहार गरेको बेल पोष्टबारमा लाग्दै गोल भएपछि बराबरी भएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको ७१ औ मिनेटमा ब्राजिलले पेनाल्टी मार्फट २–१ को अग्रता लिएको हो । पेनाल्टी नेयमारले प्रहार गर्दै ब्राजिललाई २–१ को अवस्थामा पुराएका थिए । ९० औ मिनेटमा ओस्कारले गोल गर्दै स्पष्ट तीन अंक दिलाए । यसैबीच, विश्वकप फुटबल अन्र्तगत आज तीन वटा खेल हुने भएका छन् । राति पौने १० बजे मेक्सिको र क्यामरुन भिड्ने छन् । यसैगरी राती पौने १ बजे स्पेन र नेदरल्याण्ड आमने सामने हुदा पौने चार बजे चिलि र अष्ट्रेलिया भिड्ने छन् ।