छत्तिसगढमा बिषालु ग्यासका कारण ६ को मृत्यु

जेठ ३०, काठमाडौ– भारतको छत्तिसगढमा रहेको भिलाई स्टिल प्लान्टमा बिषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ३४ जना घाईते भएका छन् । तीमध्य १२ जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । जानकारीअनुसार प्लान्टभित्र रहेको एक पम्प हाउसमा मर्मतका क्रममा पम्प फुटेपछि उक्त घटना भएको थियो । घटनामा स्टिल प्लान्टका इन्जिनियरसहित र फायर ब्रिगेडका कर्मचारीको मृत्यु भएको हो । मृत्यु हुनेमा उक्त प्लान्टका निर्देशकसमेत रहेको बताईएको छ ।