बर्खा लागेपछि पर्वतका गाउका सडक ठप्प

जेठ २९, पर्वत–वर्षायाम शुरु भएसगै पर्वतका अधिकांस गाउका सडकहरु ठप्प बनेका छन् । बाढीपहिरोका कारणा सडकहरु अबरुद्ध बनेका हुन् । गत बर्ष कात्तिकमा गरिएको मर्मतपछि हालसम्म संचालन भएका गाउका  सडकहरु केहि दिनदेखि लगातार परेको वर्षाका कारणा सवारीसाधन चल्न नसकेपछि ठप्प बनेका हुन् ।
अहिले कुश्मा–लुंखु–हुवास, दोविल्ला–फलेवास–लुुंखु, फलेवास–कुर्घा–बाच्छा, दोल्लिा–आर्थर, राम्जा–देउराली, पकुवा–चित्रे लगायतका विभिन्न गाउं विकास समितिमा संचालित सडकहरु भने ठप्प बनेका हुन् । सडकहरु ठप्प बन्द त्यस क्षेत्रका वासिन्दाहरु पैदल यात्रा गर्न बाध्य छन् । गाउमा पहुच कायक्र मार्फत जिल्लामा यस बर्ष सडक मर्मतका लागि झण्डै १३ करोड रुपैयां खर्च भएपनि सडकको अवस्था भने उस्तै छ ।