उपसभापति रामचन्द पौडेललाइ उपप्रधानमन्त्री बनाउन नहुने एमालेको अडान

उपसभापति रामचन्द पौडेललाइ उपप्रधानमन्त्री बनाउन नहुने एमाल्को अडान
जेठ २९, काठमाडौ – नेकपा एमालेले नेपाली कांगेसका उपसभापति रामचन्द्र पौडेललाई बामदेव गौतमभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री बनाइए सहकार्य नहुने चेतावनी दिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका जानु अघि पौडेललाई उपप्रधानमन्त्री बनाएर कार्यवाहक प्रधानमन्त्री बनाउने तयारी गरेको चर्चा चल्न थालेपछि एमालेले यस्तो चेतावनी दिएको हो ।
प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले रामचन्द जि लाई उपप्रधानमन्त्री बन्ने कुनै चान्स छैन भन्दै, यो असम्भव रहेको बताउनुभयो ।
अहिलेसम्म त्यसबारे एमाले समक्ष प्रस्ताव नआएको र प्रधानमन्त्रीको ‘त्यस्तो कदम सहमतिको संस्कार विरुद्ध हुने पनि ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा अहिले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम दोश्रो वरियतामा हुनुहुन्छ । तर अमेरिका उपचार गर्न जादा गौतमलाई कार्यवाहक दिन प्रधानमन्त्री अनिच्छुक देखिनुभएको छ । त्यसैले पौडेललाई गौतम भन्दा माथि पहिलो वरियताको उपप्रधानमन्त्री बनाएर कार्यवाहक दिन प्रधानमन्त्री कोइरालाले पार्टीमा छलफल गरिरहनु भएकोको  छ ।