विश्वकप फुटबल आजबाट सुरु हुदै, राती पौने २ बजे पहिलो खेल हुने

जेष्ठ २९, काठमाडौं– विश्वकप फुटबलको २० औं संस्करण आजबाटसुरु हुदैछ । विश्व फुटबलका तत्कालिन महान हस्ती पेलेको देशमा हुने विश्वकपका लागि विश्वका ३२ राष्ट्रका ७ सय ३६ खेलाडी बराजिल पुगीसकेका छन् ।
आज राती हुने भव्य उद्घाटन समारोहपछि नेपाली समय अनुसार पौने २ बजे आयोजक बराजिल र क्रोएशियाले पहिलो खेल खेल्नेछन् । यो खेललाई ल्याटिन अमेरीकन टेक्निक र युरोपीयन पावरको भिडन्तको रुपमा हेरीएको छ ।
पहिलो समुहमा बराजिल र क्रोएशीयासगै मेक्सिका्  र क्यामरुन पनि रहेका छन् । बराजिलका १२ वटा रंगशालामा ३३ दिनसम्म हुने फुटबल महाकुम्भको लागि ब्राजीलीयन शहरहरु तम्तयार छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र उसका एशोसीएट संघहरुमा भंरष्टाचार बढेको भन्दै कटु आलोचना भईरहेको बेला हुन लागेको विश्वकप फुटबलले विश्वलाई नैं खेलमय बनाएको छ ।
यो विश्वकपलाई लियोनल मेसी, क्रिश्चियानो रोनाल्डो, स्टेभेन जेरार्ड लगायतका विश्वका चचिर्त खेलाडीहरुको लागि अवसरको रुपमा हेरीएको छ । क्लवस्तरीय फुटबलमा पछिल्लो एक दशक निकै सफल यी खेलाडीहरुले आफ्नो देशका लागि भने विश्वकपमा हालसम्म खासै उत्साहजनक प्रदर्शन गर्न सकेका छैनन् । अघिल्लो विश्वकपको विजेता टोली स्पेनको स्वर्णिर्ीम पुस्ताको लागि पनि यो विश्वकप अन्तिम अवसरको रुपमा हेरीएको छ ।