मिर्गौला रोगीद्वारा निशुल्क डायोलोसिस सेवा माग गर्दै अनशन

जेठ २८, काठमाडौ– मिर्गौला रोगीलाई जीवन रक्षा गर्ने डायोलोसिस सेवा  निरन्तर निशुल्क दिइनु पर्ने माग गर्दै मिर्गौला रोगीहरूले  अनसन  थालेका छन । मंगलवार देखि थालेको अनसन आज पनि रत्नपार्कमा जारी रहेको छ ।
प्रधानमन्त्री, सभामुख, विभिन्न पार्टी नेता तथा सरोकारवाला सङ्घसंस्थामा पटक पटक ज्ञापनपत्र बुझाउदा समेत कुनै सुनुवाइ नभएको मिर्गौला रोगीले वताउदै आएका छन । माग सुनुवाइ नभए पछि चक्काजाम, धर्नालगायत सङ्घर्षका कार्यक्रम गर्दै आएका पीडितले रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनशन सुुरु गरेका हुन् । राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालको अगुवाइमा सुरु गरिएको अनशनमा करिब दुई दर्जन रोगीहरु हुनुहुन्छ ।