कोईरालाको स्वास्थ समस्या सामान्य

जेठ २८, काठमाडौ– प्रधानमन्त्री सुशिल कोईरालाको स्वास्थ्यमा खासै ठूलो समस्या नभइ सामान्य अवस्था भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर करवीरनाथ योगीले प्रधानमन्त्री कोईरालालाई सामान्य इन्फेक्सन मात्र भएको बताउनुभयो । उहांले आगामी जुनमा प्रधानमन्त्री कोईराला अमेरीका जाने भएकाले अहिले देखिएको सामान्य इन्फेक्सन त्यहांगएका बेला एक पटक जाच गराउन मात्र आफुहरुले सुझाव दिएको बताउनुभयो ।