संविधानसभाको बैठकमा माौलिक हकको प्रतिवेदनमाथि छलफल

जेठ २८, काठमाडौ–संविधानसभाको बैठक आज पनि संविधानसभा भवन नया वानेश्वमा बस्दैछ । आजको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लेख भएका मध्ये सहमतिका विषयहरुको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथिको छलफल जारी रहनेछ ।
मंगलवार भएको छलफलमा वोलेका सभासद्हरुले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गनुपर्ने, प्रजनन् अधिकार दिन,  सम्पत्तिमा सीमा तोक्न नहुने, हदवन्दीभन्दा बढि भएको जग्गा लिदा उचित क्षतिपुर्ति दिनुपर्ने, आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न, ज्येष्ठ नागरिकलाई सुरक्षा दिन माग गरेका थिए । मंगलवारको बैठकमा सभासद्हरु गंगालाल तुलाधर, भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्य, रमेश लेखक, केशवप्रसाद बडाल लगायतका सभासदहरुले आफ्नो  धारणा राखेका थिए । मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा करिव ३ सय बढि सभासदहरुले बोल्नका लागि नाम टिपाएका छन् ।  ती मध्य बाकी रहेका सभासदहरुले आज आ आफ्ना धारणा राख्नेछन् ।