मारेको मृगसहित नेविसघ नेता वस्नेत पक्राउ

जेठ २७, काठमाडौ–नेपाल बिद्यार्थी संघ तथा शंकरदेब क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेत फेरि मारेको मृगसहित धादिङबाट पक्राउ परेका छन् ।

यसअघि फागुन २१ गते बस्नेत हतियारसहित पक्राउ परेका थिए । त्यसवेला पनि प्रहरीले मृगको शिकार गरेको आशंकामा उनीमाथि छानविन गरेको थियो ।

दुर्लभ बन्यजन्तु मृगको शिकार गरेर गाडीमा हाली काठमाडौंतर्फ ल्याउँदै गर्दा बस्नेत सोमबार धादिङको थाक्रेमा पक्राउ परेका हुन्  ।

बागलुङबाट काठमाडौं आउँदै गरेका बस्नेतसहित ६ जना पक्राउ परेका छन् । बस्नेत चढेको ना२च नम्बरको पजेरोको पछाडि मारेको मृग लुकाइएको थियो ।

प्रहरीले बस्नेतका साथबाट एक थान टुटु म्याग्नम राइफल र १९ थान गोली बरामद गरेको छ । बस्नेतसँगै पक्राउ पर्नेमा काठमाडौंका हरिश भण्डारी,रोशन खड्का,रमन राइ,धनुषाका चन्द्र गदाइली र तनहुँका मदन थापा छन् । अन्नपूर्ण पोष्ट