व्यवस्थापिका संसद आजदेखि सुचारु हुने

जेठ २५, काठमाडौ– प्रतिपक्षीको अबरोधका कारण दुई हप्तादेखि अबरुद्ध हुादै आएको संसद् आज सुचारु हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच हिजो बेलुका भएको छलफलले दिउसो १ बजेपछि संविधानसभा भवन नया बानेश्वरमा बस्ने प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहमतिलाई अन्तिम रुप दिदै अवरुद्ध सदन सुचारु गर्ने निर्णय गरेको थियो । उच्चस्तरिय राजनीतिक समिति बनाउने, संविधानसभा निर्वाचनमा भएको भनिएको धााधलीका लागि संसदीय समिति बनाउने, रकमान्तरका बारेमा अर्थमन्त्रीले सदनमा जवाफ दिने, अनियमित तरिकाले वितरण गरिएको रकमको बारेमा छानविन समिति बनाउन सहमति नजिक नेताहरु पुगेका छन् । प्रि बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि सुचारुका लागि प्रयास गरिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । व्यवस्थापिका संसद्को बैठक बेलुका पाच बजे बोलाइएको छ ।