जेठ २४,सर्लाही – लागु औषध सहित सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतबाट लागु औषध लिएर आउादै गरेको अवस्थामा मलंगवा नगरपालिका वडा नम्वर १० बाट काठमाण्डौ बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्वर ३१ का महम्मद सुलिमानका १७ वर्षीय छोरा महम्मद अक्बर रहेका छन् । उनको साथबाट डाईजेपाम ईन्जेक्सन ९ थान, ब्रोफेन ईन्जेक्सन ८ थान, नाईटो जेपाम ३० थान , प्रयोग भएको सिरिन्च एक थान , फेनारागन ईन्जेक्सन ९ थान लागुु औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शंका लागेर चेकजााच गर्ने क्रममा प्लाष्टिकमा लागु औषध लुकाएर ल्याउादै गरेको अवस्थामा युवकलाई पक्राउ गरेको हो । युवकलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
