नवलपरासीका निश्क्रिय २३ वटा सहकारी संस्था खारेज

जेठ २२, नवलपरासी– नवलपरासीका निश्क्रिय २३ वटा सहकारी संस्था खारेज भएका छन । डिभिजन सहकारी कार्यालय नवलपरासीले २ वर्षदेखि काम नगरी वसेका विभिन्न प्रकृतिका २३ सहकारी संस्था खारेज गरिएको जनाएको छ ।
२ वर्ष देखि कुनै कारोबार नगरेको, कारोबार गरेको भए पनि त्यसको लेखापरिक्षण नगराएको, आर्थिक कारोबार सम्बन्धी विवरण डिभिजन सहकारी कार्यालयम नपठाएको तथा साधारण सभा समेत नगराएको कारण देखाउदै खारेज गरिएको हो ।
यस्तै यस अघि कार्यालयले संस्था नियमित रुपमा संचालन गर्न ताकेता गर्दा पनि संस्था संचालन नगर्नुको उचित र प्रयाप्त कारण पेश नगरेको, पेश गरे पनि सन्तोषजनक नभएको तथा सफाई पेश नै नगरेकोले सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ बमोजिम ति सहकारी संस्थाहरुलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख सहकारी अधिकृत बासुदेव भट्टराईले जानकारी दिनुभयो ।