संविधानसभाको बैठक आज पनि बस्दै

जेठ २२, काठमाडौ–संविधानसभाको बैठक आज पनि बस्दै छ । विहिवारको बैठकमा तत्कालिन राज्यको पुन:संरचना र राज्यशक्तिको बाडफाट समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद््हरूले बोल्नेक्रम जारी रहनेछ ।
उक्त प्रतिवेदनमा डेढसय जनाजतिले मात्र धारणा राखेका छन् । आफ्नो धारणा राख्न करिव ४ सय सभासदहरुले नामावली टिपाएका छन् ।
आज पनि बाकी सदस्यहरुले प्रतिवेदन माथि आफ्नो धारणा राख्ने भएका छन् । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवम् सोसग सम्बन्धित पुरक प्रतिवेदनमाथि एकीकृतरुपमा बैठकमा सभासद्हरूले बोल्ने क्रम अघिल्लोविहीबारदेखि सुरु भएको हो ।