उप–निवाचनको प्रचार प्रसार तीव्र, शैली फरक

जेठ २२, कैलाली–संविधानसभाको उप निर्वाचनको मिति नजिकिदै जादा कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलहरूले आ–आफ्रनो दलका उम्मेदवारलाई विजयी बनाउन प्रचार कार्यलाइ तीव्र बनाएका छन् । प्रचण्ड गर्मीको परवाह वेवास्ता गर्दै दलका नेता तथा कार्यकर्ताहरू दिनभरि नै प्रचार प्रसारमा जुटेका छन् ।
उप–निर्वाचनमा पहिलो पटक विद्युतीय मेसिनद्वारा मतदान गर्ने व्यवस्था गरिएकाले दलहरूले प्रचार प्रसारका अलावा मतदातासमक्ष विद्युतीय मतदानबारे पनि जानकारी दिने गरेका छन् ।
विगतका निर्वाचनमा जस्तो पर्चा, पम्ल्पेट, वाल पेन्टिङजस्ता गतिविधि भने अहिले देखिएको छैन ।
कैलाली क्षेत्र नं ६ मा १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुदैछ । यस मध्य मुख्य प्रतिस्पर्धा भने नेपाली काग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकका उम्मेदवारबीच नै हुने स्थानीयवासीले बताएका छन् । काग्रेसले पूर्व राज्य मन्त्री एवम् युवा नेता पुष्करनाथ ओझा, एमालले महेश्वर पाठक, राप्रपा नेपालले राजेश भण्डारी, एमाओवादीले सुन्दरराज रेग्मी र फोरम लोकतान्त्रिकले लक्ष्मण थारुलाई प्रत्यासी बनाएको छ ।