प्रधानमन्त्री कोइराला चीन प्रस्थान

जेठ २२, काठमाडौ–दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन र २२ औ चाइना कुन्मिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरमा विशिष्ठ अतिथिको रुपमा सहभागि हुन प्रधानमन्त्री सुशील कोइराला आज चीनको व्यायापरिक सहर कुन्मिन जानुभएको छ ।
मन्त्रिपरिषद्को वुधवार वसेको बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमणबारेमा निर्णय गरेको थियो । ३९ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला त्यसर्फ जानु भएको हो । उहाको नेतृत्वमा प्रमुख स्वकीय सचिव बसन्त गौतम, विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार चिरन्जीवी नेपाल, सिपी मैनाली, रामजनम चौधरी, रुक्मणी चौधरी , परराष्ट्रमन्त्रालयका उच्च अधिकारी लगायत ३९ सदस्य अहिले केहीबेरपछि चीन जानुभएको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय टोली दोस्रो चाइना साउथ एसिया प्रदर्शनी तथा २२ औा आयात–निर्यात वस्तु मेला, कुन्मिङ सम्मेलनमा भाग लिन वुधवार राती नै त्यसतर्फ प्रस्थान गरिसकेका छन ।