अज्ञात व्यक्तिको गोली प्रहारबाट एक बृद्ध गम्भीर

जेठ २१, निजगढ– आज बिहान अज्ञात व्यक्तिको गोली प्रहारबाट निजगढका एक बृद्ध गम्भीर घाइते भएका छन् ।
निजगढ नगरपालिका १ कछाडिया टोलका ६५ वर्षका विपता कुवर अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएको हो । आफ्नै घरको पिंढीमा सुतेका कुवरलाई विहान २ बजे गोली प्रहार भएको परिवारजनले जनाएका छन् । ढाडमा गोली लागेर घाइते भएका कुवरको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।