जातीय छुवाछुत दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

जेठ २१, काठमाडौ–जातिय विभेद तथा छुवाछुत उन्मुलन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ८ वर्ष पुगेको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जनचेतना मूलक कार्यक्रम गरी यो दिवस मनाउदै आएका छन् ।
दिवसको अवसरमा आज भृकुटिमण्डवबाट दलित अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्था तथा दलित नागरिक समाजको अगुवाइमा र्‍याली निकालिन लागिएको छ । १२ बजे र्‍याली निकालिने र काठमाण्डूको वल्र्ड ट्ेरड सेन्टरमा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने आयोजकले जानकारी दिएका छन ।
२०६३ साल जेठ १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार हरेक बर्ष जेठ २१ गतेलाई जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाउन थालिएको हो ।
प्रधानमन्त्रीले भेटकालागि समय नदिदा अधिकारर्मी रुष्ट
प्रधानमन्त्रीले बिहान ७ बजे भेट्ने समय दिएपनि अन्तिममा भेट्न समय नदिए पछि अधिकारकर्मीहरु रुष्ट भएका छन ।
२६ सभासद मनोनयन गर्दा दलित समूदायका प्रतिनिधिलाई समावेस गर्नुपर्ने, विभिन्न संवैधानिक निकायलाई समावेसी बनाउनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका दलित अधिकारर्मीहरुलाई प्रधानमन्त्री सुशील कोइरालले समय नदिएपछि अधिकारर्मीहरु रुष्ट बनेका हुन । प्रधानमन्त्रीले बिहान ७ बजे भेट्ने समय दिएपनि अन्तिममा भेट्न समय नदिएको गुनासो अधिकारकर्मीले गरेका छन ।