पशु बिमा लोकप्रिय बन्दै बाकेमा

जेठ २१, वाके –सुरु गरिएको पशु बिमा कार्यक्रम पशुपालक किसानहरुका लागि लोकप्रिय बन्दै गएको छ । निजी क्षेत्रका बिमा कम्पनीमार्फत् जिल्ला कृषि विकास कार्यालयले गाई, भौसी र बङ्गुरको बिमा सुरु गरेको हो । त्यसमा पनि बंगुर र गाई फार्महरुले विमा बढी गराउने गरेको बताइएको छ । पशुको बिमाका लागि सरकारले आर्थिक सहयोग गर्ने गरेको छ । पशु चिकित्सक जनकराम भण्डारीले २.५ प्रतिशत सरकारले र २.५ प्रतिशत मात्रै किसानले व्यहोर्नुपर्ने बताउनुभयो ।