भारतका ग्रामिण विकासमन्त्रीको कार दुर्घटनामा मृत्यु

जेठ २०, काठमाडौ–भारतका ग्रामिण विकासमन्त्री गोपिनाथ मुन्डेको कार दुर्घटनामा मृत्यु भएको छ । राजधानी नया दिल्लीबाट महाराष्ट्र जाने क्रममा विमानस्थल जादै गर्दा अर्को सवारीले ठक्कर दिदा आज उनको मृत्यु भएको हो । दुर्घटनापछि अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । ६४ वर्षीय मन्त्री मुन्डेले गतहप्ता मात्र भारतीय ग्रामीण विकास मन्त्रीको सपथ खाएका थिए । आज विहान ८ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय यातायात मन्त्री नितिन गड्करीले जानकारी गराएका छन् । उनले सन् १९९५ देखि सन १९९९ सम्म तथा सन २००९ देखि २०१४ सम्म गरी दुई पटक महाराष्ट्रको उपमुख्य मन्त्रीको कार्यभार समालेका थिए ।